विराटनगरको नोबेल मेडिकल कलेजमा मंगलबार थप चारजनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १८ पुगेको हो ।
संक्रमित मध्ये पाँच जना कलेजका डाक्टर हुन । दुई जना प्रशासनका कर्मचारी, चारजना फार्मेसीका हुन । सात जना नर्स रहेकाे नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
उनका अनुसार मंगलबार एक डाक्टर, एक नर्स र दुई फार्मेसीका कर्मचारीलाई कोरोना संक्रमण भएको हो । संक्रमित दुई अस्पताल भित्र रहेको सुस्वास्थ्य फार्मेसीसँग अवद्ध छन् ।
अस्पतालले ५४८ जना कर्मचारीको स्वाब संकलन गरेको छ । ती मध्ये मंगलबारसम्म ३७५ जनाको स्वाब परीक्षण हुँदा १८ जनाको रिपोर्ट पोजेटिभ आएको दाहालले बताए । १७३ जनाको रिपोर्ट आउन बाँकी छ ।























