नेताहरुसँग किन सर्वसाधारणको आक्रोश बढ्दै ? चड्कनदेखि जुत्ता प्रहारसम्म
काठमाडौँ । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालमाथि आइतबार आफ्नै कार्यकर्ता रतन तिरुवाबाट जुत्ता प्रहार भएको घटनाले राजनीतिक नेतृत्वप्रतिको जनआक्रोशलाई थप सतहमा ल्याएको छ ।
कसैलाई ताकेर मानवीय क्षति हुने गरी वा चोटपटक पुर्याउने गरी भएका घटना आफैंमा अपराध हो। मुलुकी अपराध संहिता ऐन २०७४ ले कसैलाई लक्षित गरी कुनै वस्तुले प्रहार गरेको घटनालाई अभद्र व्यवहारको कानुन अनुसार कारबाही...











