तनहुमा छ वटा गाडी एकै ठाउँ ठाेक्कीयाे , चार जना घाइते
तनहुँमा ६ वटा सवारी (गाडी) एकै ठाउँमा दुर्घटनामा परेको छ । यी सवारी एकपछि अर्को गर्दै ठोक्किएर भयानक दुर्घटना भएको छ । दुर्घटनामा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
आज दिउँसो करिब ३ बजे बन्दीपुर गाउँपालिका १ रिमाल्नीस्थित पृथ्वी राजमार्गमा पोखराबाट डुम्रेतर्फ जाँदै ना ५ ख २०३४ नम्बरको यात्रुबाहक बसको ब्रेक फेल भएर दुर्घटना भएप...