नेपाललाई समृद्ध र सुखी बनाउने शेखर कोइरालाको चार सुत्र
विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकलाई समृद्ध र सुखी बनाउन चार वटा सुत्र बताएका छन् । मोरङको बुढीगंगा गाउँपालिकाले बिहीबार आयोजना गरेको पार्क सिलान्यास कार्यक्रममा कोइरालाले मुलुक समृद्ध बनाउन धेरै ठूला कुराभन्दा चार वटा क्षेत्रमा काम गरे पुग्ने बताएका हुन् ।
उनले सोलर तथा जल विद्युत, प्रविधियुक्त कृषि, पर्यटन र डिजिटलाइजेशनले नेपाल समृद्ध र सुखी हुने बताएका छन् । ‘क्लिन ...








