दिप्रुङ चुइचुम्मा गाउँपालिकाले संचालनमा ल्याए कृषिउपज संकलन केन्द्र
खोटाङ/ खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले कृषकले उत्पादन गरेका कृषिउपजहरु खेर जान नदिन कृषिउपज संकलन केन्द्र संचालनमा ल्याएको छ ।
कृषकहरुले उत्पादन गरेका तर उपभोग गरेर वाँकी रहेका कृषि उपजहरु संकलन केन्द्रमा लगेर विक्री गर्नलाई सप्तेश्वर छितापोखरीस्थित नाराङगामा संकलन केन्द्र स्थापना गरि संकलन केन्द्र संचालनमा ल्याईएको हो ।
संकलन केन्द्रमा तत्कालका लागि चाँडो नबिग्रने कृषि उपजहरु...











