इटहरी । रानी–किमाथांका सडक अनियमित तरिकाले निर्माण गरिएको भन्दै प्रतिनिधिसभामा कुरा उठेको छ । सुनसरीकी सांसद रामकुमारी चौधरीले सदनमा सो कुरा उठाएकी हुन् ।

चौधरीले जोगबनी, रानी, विराटनगर, इटहरी, धरान हुँदै किमाथांका जोड्ने सडक निर्माण गर्न सरकारी मापदण्ड एउटै भएता पनि इटहरीमा ठाउँ अनुसारको फरक फरक मापदण्ड बनाइ सडक निर्माण कार्य गरेको प्रती सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

मापदण्ड बमोजिम काम गराउनु पर्ने भन्दै इटहरीका नागरीक समाज र युवाहरुले संघर्ष समिति बनाएर संघर्ष गरीरहेको प्रति आफ्नो समर्थन रहेको र सरकाले तुरुन्त मापदण्ड बमोजिम बनाउनु पर्ने भन्दै चौधरीले ध्यानाकर्षण गराएकी छिन ।

तपाईको प्रतिक्रिया