अतिक्रमित जग्गाको विवरण तीन दिनभित्र बुझाउन प्रशासनको निर्देशन
खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लाभरका स्थानीय तहलाई अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको अद्यावधिक विवरण तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।
गृह मन्त्रालयको वैशाख १६ गतेको निर्देशनलाई आधार मानेर प्रशासनले जिल्लाका सबै १० स्थानीय तहलाई पत्राचार गर्दै हार्ड र सफ्ट दुवै प्रतिमा विवरण बुझाउन भनेको हो । प्रशासकीय अधिकृत प्रभात ढकालले हस्ताक्षर गरेको पत्रमा अतिक्रमित सरकारी तथा ...











