धनुषा बम बिष्फोट काण्डका विप्लवका नेता पक्राउ
पुस १८, धनुषा । गत मङ्सिर २७ गते राति धनुषाको महेन्द्रनगरमा भएको बम बिस्फोटको काण्डमा विप्लव नेतृत्वका एक जना नेतालाई पक्राउ गरिएको छ ।
घटनाका मुख्य योजनाकार मनिएका विप्लव नेतृत्वका नेता आदम राइनलाई प्रहरीले पक्राउ गरेको हो ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका स्थित सखुवा महेन्द्रनगर बजारमा रहेको एक घरको मूलढोकामा टाइम बम झुण्ड्याइएको थियो । सो बम विष्फोट हुँदा प्रहरी इन्सपेक्टरसहित ३ जना...











