चितवन– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्णयानुसार सरुवा भएको २ हप्तापछि प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले चितवन छाडेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुख रहेका मल्लले प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई चार्ज बुझाएर सरुवा भएको ठाउँका लागि रवाना लिएका हुन् ।

३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले बुधबार १२ घण्टाभित्र चितवन छाड्न नि

निर्देशन दिएपछि एसपी मल्लले २ हप्तापछि सरुवा भएको ठाउँका लागि रमाना लिएका हुन् ।

३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा स्रोतले एसपी मल्लले सरुवा भएको ठाउँका लागि रवानाको पत्र लिइसकेका छन् ।

प्रहरी महा  निरीक्षक सर्वेन्द्र खनालको पुस ४ गतेको निर्णयानुसार एसपी मल्ललाई जिल्ला प्रहरी कार्यालय चितवनबाट महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयल, गौचर काठमाडौं सरुवा गरिएको थियो ।

तर, एसपी मल्लले चितवन छाड्न अटेर गरिरहेका थिए । एसपी मल्लको अटेरीका कारण उनको ठाउँमा सरुवा भएकी एसपी गंगा पन्त  हाजिर हुन पाएकी थिइनन् ।

तपाईको प्रतिक्रिया