पुस १८, महोत्तरी । बिहिबार महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–५ विसनपुर गाउँमा करिब १४ वर्षीय  बालकमाथी गोली प्रहार भएको छ ।

साथीहरुसँग वनभोज मनाएर फर्किंदै गरेका जलेश्वर नगरपालिका–५ विसनपुर गाउँ बस्ने करिब १४ वर्षीय बालक अक्षय कापरमाथि साँझ ७ बजे गोली प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार छात्तीमा गोली लागी गम्भिर घाइते भएका  अक्षयलाई उपचारको लागि काठमाडौँस्थित टिचिङ अस्पताल लगिएको छ ।

उनलाई गोली प्रहार गर्ने व्यक्ति सोही गाउँका अन्दाजी ३९ वर्षको विनय सिंह रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बालकलाई गोली प्रहार गरी हाल भारततर्फ फरार रहेका सिंहको खोजीकार्यका लागि व्यापक रुपमा प्रहरी परिचालन गरिसकिएकाे छ ।

तपाईको प्रतिक्रिया