इलाका प्रहरी कार्यालय इटहरीले पेस्तोल सहित दुई जना पक्राउ गरेको छ । सवारी चेक जाँच गर्ने क्रममा प्रहरीले मोटर साईकलमा पेस्तोल सहित हिडिरहेका दुई जना लाई पक्राउ गरेको हो ।

सुन्दरहरैचा ४ वस्ने वर्ष ३३ को जागिर खान र सुनसरी हरीनगरा गाउपालिका वडा न ७ वस्ने वर्ष ४७ को जमिल अंसारी लाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका सुचना अधिकृत मान प्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

उनले बिहान ईटहरी उपमहानगरपालीका वडा न. ८ कदमा टोलमा चेकजाच गर्ने क्रममा २ जना सवार भई आई रहेको को.९ प.७४८६ मोटर साईकलमा रहेका दुईको संखास्पद गतीबिधि लागे पछि ईटहरी बाट खटिएको प्रहरी टोलीले तत्काल नियन्त्रणमा लिई खान तलासी गर्दा फलामले बनेको स्वचालीत पेस्तोल फेला परेको बताएका छन् ।

प्रहरीले जागिर खानको दाहिने पट्टिको कम्मरको भागको पेटीले वाधेको अवस्थामा फलामले वनेको कम्पनीको नाम नम्वर नभएको म्याजिन जडान गरेको स्वचालित पेस्तोल १थान र सोही पेस्तोलमा लाग्ने ५ थान गोली समेत लोड गरेको म्याग्जिन  १ थान वरामद गरीएको जनाएको छ । प्रहरीले दुबै लाई नियन्त्रणमा लिई थप अनुसन्धन भईरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया