प्रदेश २ का राज्यमन्त्री र सांसदकाे सडकमै वादविवाद
धनुषा — प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय र नेपाली काग्रेसकी सांसद प्रमिला देवी दासबीच वादविवाद भएको छ । राज्यमन्त्री राय र सांसद दासबीच प्रदेशसभा भवन अगाडी वादविवाद भएको हो ।
प्रदेशसभा अगाडि गत आर्थिक वर्षको बाँकी भुक्तानीको माग गर्दै प्रदर्शन गरिरहेका उपभोक्ता समिति सदस्यहरुसँग छलफल गरी रहेका राज्यमन्त्री रायसँग संसद बैठक अवरुद्ध गरेर बाहिरिएकी दास वादविवादमा...










