काठमाडौं– काठमाडौंको सोह्रखुट्टेमा पानी बोक्ने एउटा ट्यांकरले ६ वटा गाडीलाई ठक्कर दिएको छ।

मंगलबार बिहान बुढानिलकण्ठको गोल्फुटारबाट आइरहेको बा ३ ख ९४५० नम्बरको पानीले भरिएको ट्यांकरले ‌स्रोहखुट्टेको ओरालोमा ५ वटा गाडी र एउटा मोटरसाइकललाई ठक्कर दिएको हो ।

गाडीलाई ठोक्दै गुडेको ट्यांकर पछि वीरबहादुर तामाङ र विषयजंग गुरूङको घरमा ठोक्किएर रोकिएको थियो । ट्यांकर ठोक्किएको घरमा सामान्य क्षति भएको छ ।

ट्यांकरले ४ वटा कार, एउटा बस र एउटा मोटरसाइकललाई ठक्कर दिएको हो । ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकलाई सामान्य चोट लागेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले जानकारी दिएको छ ।

प्रहरीले ट्याङ्कको ब्रेक फेल भएको विवरण प्राप्त भएको जनाएको छ । गाडीलाई ठक्कर दिने ट्याङ्करका चालक भने फरार छन् । प्रहरीले चालकको खोजी भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया