पुष १५, काठमाडौं । आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।

महाराष्ट्र ठाणेका सुनिल हरिरामलाई प्रहरीले सुनसहित मंगलबार बिहान ८ बजे पक्राउ गरेको हो ।

बिहान ८ बजे फ्लाई  दुबईबाट काठमाडौं आईपुगेका उनले मलद्वारभित्र लुकाएर ल्याएको आधा किलो सुन बरामद गरिएको प्रहरीले बताएको छ । उनले दुई वटा प्लाष्टिकमा पोको पारेर आधा किलो सुन मलद्वारमा लुकाएर ल्याएका थिए।

एक्सरे गरेर हेरेपछि उनले मलद्वारमा लुकाएर ल्याएको सुन फेला प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया