सुस्त मनस्थिति भएकी युवतीको शव फेला, बलात्कारपछि हत्या भएको शंका
महोत्तरीको गौशालामा सुस्त मनस्थितिकी एक युवतीको शव फेला परेको छ । युवतीको शव गौशाला नगरपालिका-१० थापा टोलस्थित मरहा नदी किनारमा बिहीबार बिहान फेला हाे ।
मृतक गौशाला नगरपालिका-१० निवासी २२ वर्षीया शर्मिला दनुवार हुन् । सुस्त मनस्थितिकी उनी पछिल्लो समय यताउता घुम्दै आएकी थिइन् । महोत्तरी प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले महिलाको टाउकोमा चोटहरु लागेकाले कसैले हत्या गरेको देखिएको बताए । बलात्...











