काठमान्डाैं / सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) विस्तार गरिँदै आए पनि सीमा स्तम्भ हराउने क्रम रोकिएको छैन । गृहमन्त्रालयका अनुसार ८ हजार ५ सय ५३ वटा सीमास्तम्भ हुनुपर्नेमा २ हजार ७ सय १६ स्तम्भ गायब छन् । नेपाल–भारत खुला सीमा जोडिएका स्थानमा ४ सय ५७ वटा सीमा स्तम्भ मात्र राम्रो अवस्थामा रहेको गृहले जनाएको छ । १ हजार ५ सय ५६ वटा सीमास्तम्भ धेरै क्षतिग्रस्त र २ हजार ८ सय ९१ सामान्य क्षतिग्रस्त छन् ।

नापी विभागका अनुसार भारतसँग नेपालको एक हजार ८ सय ८० किलोमिटर र चीनसँग भने १ हजार ४ सय १४ किलोमिटर सीमा जोडिएको छ । भारततर्फ सीमास्तम्भ ताप्लेजुङबाट सुरु भई दार्चुलामा पुगेर टुंगिन्छ । दार्चुलाको कालापानी र नवलपरासीको सुस्ता विवादका केही भागमा दुई मुलुकबीच सीमा विवाद मिल्न बाँकी छ । त्यसको समाधान गर्न सन् २०१४ मा नेपाल र भारतबीच परराष्ट्र सचिवस्तरीय संयन्त्र गठन गरिएको छ, जसले हालसम्म कुनै निष्कर्ष निकाल्न सकेको छैन । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया