सेफ्टी ट्यांकीभित्र एकै परिवारका पाँचजनाको श व भेटिएको छ । फेटा गाउँपालिका–४ बतरामा ४० वर्षीय जोगा मुखियाको परिवारका चार सदस्य तथा एक भारतीय आफन्तको श व घरकै सेफ्टी ट्यांकीमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी रञ्जितसिंह राठौरले बताए अनुसार उक्त श वहरू एकैघरका दुई दाजुभाइका परिवारका ५ सदस्यको रहेको खुलेको छ ।

मृ त्यु हुनेमा जोगासहित उनकी ३५ वर्षीया पत्नी लक्ष्मणी मुखिया, १० वर्षीया छोरी सुमनी कुमारी र जोगाका ३५ वर्षीय भाइ महेन्द्र मुखिया बिन रहेको प्रहरीले जनाएको छ । अर्का एक आफन्त भारतीय नागरिकको पहिचान खुलेको छैन ।

घटनास्थल पुगेका डिएसपी रञ्जितसिंह राठौरले सेफ्टी ट्यांकीभित्र पाँचजनाको श व भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘स्थानीयले खबर गरेपछि हामी राति नै घटनास्थल आइपुगेका छौँ । सेफ्टी ट्यांकीभित्र मृ त भेटिएका सबैको शरीरमा चोटपटक लागेको छैन,’ डिएसपी राठौरले भने ।

निर्माणाधीन पक्की घरको सेफ्टी ट्यांकीमा श वहरू भेटिएपछि घटना रहस्यमय बनेको छ । उनीहरुको मृ त्युको कारण थाहा हुन सकेको छैन । सेफ्टी ट्यांकीमा श व भेटिएको हुनाले उनीहरुले निसासिएर ज्या न गुमाएको हुन सक्ने प्रारम्भिक अनुमान छ यद्यपि थप अनुसन्धानपछि खुल्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया