काठमाडौंको चन्द्रागिरि त्रिभूवन पार्कस्थित एक युवाको श व फेला परेको छ । चन्द्रागिरी नगरपालिका वडा नं.४ त्रिभूवन पार्कस्थित वडा नं.४ र ७ को बिच भागमा रहेको खोलामा एक युवाको श व फेला परेको हो । महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी कुमार विक्रम थापाले नाम थर वतन नखुलेको अन्दाजी ३०, ३५ बर्षको पुरुष ब्यक्तिको श व खोलाको पानीमा मृ त अवस्थामा फेला परेको बताए ।

थानकोटका डिएसपी थापाका अनुसार मृ त फेला परेका व्यक्ति गहुँगोरो वर्णका छन् । उनको उचाई ५ फिट १ इन्च छ । कालो जिन्स पाईन्ट लगाएका उनको अनुहार मंगोलियन टाइपको छ । थानकोट प्रहरीले कोही कसैले हुलिया थाहा पाए सम्बन्धित व्यक्तिहरुलाई थानकोट प्रहरीमा खबर गर्न अनुरोध समेत गरेको छ ।

तपाईको प्रतिक्रिया