किर्ते दस्तखत गरी रकम निकाल्ने खेलकुद विकास समितका पुर्व अध्यक्ष पक्राउ
विराटनगर ।जिल्ला प्रहरी कार्यालय तेह्रथुमले किर्ते दस्तखत गरी बैंक खाताबाट रकम निकासा गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
जिल्ला खेलकुद विकास समिति तेह्रथुमका सदस्य सचिवको किर्ते दस्तखत प्रयोग गरी नेपाल बैंक लिमिटेडमा रहेको रु. २५ लाख ७९ हजार ६ सय ९६ रकम मार्फत अन्य खातामा ट्रान्सफर गरी निकासा गरेको आरोपमा खेलकुद विकास सिमितिका पुर्व अध्यक्ष राजेन्द्र बराललाई पकाउ गरीएकाे जिल्ला प्रहरी कार्...











