दशैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजाराधना गरिदै

दशैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजाराधना गरिदै
काठमाडौँ । नवरात्रको चौथो दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजाराधना गरिदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । नवरात्रको पहिलो दिन दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएका स्थानमा नौ दुर्गामध्येकी पहिली  शै...

नेपाल र बङ्गलादेशबिच औपचारिक रूपमा विद्युत् व्यापार सम्झौता

नेपाल र बङ्गलादेशबिच औपचारिक रूपमा विद्युत् व्यापार सम्झौता
काठमाडौं । नेपाल र बङ्गलादेशबीच औपचारिक रूपमा विद्युत् व्यापार सम्बन्धि सम्झौता भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का र बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा सम्झौता भएको हो । नेपाल विद्युत् प्राधिकरण निर्देशक कुलमान घिसिङ, बीपीडीबीका अध्यक्ष मो.रेजुल करिम र एनभीभएनकी सीईओ रे...

दशैंमा विराटनगर छोड्ने र आउने बढ्न थाले

दशैंमा विराटनगर छोड्ने र आउने बढ्न थाले
विराटनगर । विराटनगरबाट दैनिक ५ सय यात्रु बाहिरी गरेका छन् । यहाँ अध्ययनका लागि आएकाहरु परीक्षा सकाएर फर्कदैं गएका हुन् । यदि परीक्षामा सामेल भईरहेकाहरु समेत फर्कन जोरजाम गर्न थालेका छन् । दशैँ भित्रिएसँगै विराटनगरबाट आ–आफ्नो घर जाने विद्यार्थी, जागिर भएका, बाहिरबाट आएर व्यापार गरि बसेकाहरुले अब विस्तारै घर फर्कने मनस्थिति बनाउन थालेका छन् । यस वर्षको दशैँलाई पानीले गर्दा प्रभाव पारिरहेको छ ...

दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै
बडा दशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ ।दशैंको पहिलो दिन हिजो घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिएको थियो । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूक...

सुनसरीमा बाढीले कृषि क्षेत्रमा सबैभन्दा बढी क्षति सुनसरी।

सुनसरीमा बाढीले कृषि क्षेत्रमा सबैभन्दा बढी क्षति सुनसरी।
केहीदिनदेखि परेको अविरल वर्षासँगैको बाढीले सुनसरी जिल्लाका अधिकांश किसानका धानखेतीमा क्षति पुर्‍याएको छ । भोक्राहा नरसिंह गाउँपालिकामा मात्र करिब ४० बिघा जमिनमा धान रोपाइँ भएको थियो । लगातारको वर्षाले धान खेतमा खसेको र पानी नसुकेपछि खेतमै उम्रिन थालेको छ । किसानले वार्षिक रुपमा मजदुरको अभावका साथै आर्थिक सङ्कट, मल तथा बिउ अभावका बीच पनि खेती गर्दै आएका छन । सिँचाइका लागि पानी आवश्यक भएका बे...

दुहबी स्वास्थ्य कार्यक्रम कार्यान्वयन गर्नेमा सर्वोत्कृष्ट सुनसरी ।

दुहबी स्वास्थ्य कार्यक्रम कार्यान्वयन गर्नेमा सर्वोत्कृष्ट सुनसरी ।
सुनसरीको दुहबी नगरपालिका आर्थिक वर्ष २०८०(८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रम कार्यान्वयन गर्नेमा जिल्लाकै सर्वोत्कृष्ट बनेको छ । स्वास्थ्य कार्यालय सुनसरीले इनरुवामा आयोजना गरेको जिल्ला स्तरीय एकीकृत वार्षिक समीक्षा कार्यक्रममा दुहबी नगरपालिका सर्वोत्कृष्ट घोषित भएको हो ।विभिन्न ४० वटा स्वास्थ्य सूचक कार्यान्वयन गर्नेक्रममा दुहबीले ७१ प्रतिशत अंक हासिल गर्दै लगातार दोस्रो पटक जिल्लामा सर्वो...

बलिउड अभिनेता गोविन्दा आफ्नै रिवल्भरले गोली लागेर घाइते

बलिउड अभिनेता गोविन्दा आफ्नै रिवल्भरले गोली लागेर घाइते
काठमाडौँ । बलिउड अभिनेता गोविन्दाको आफ्नै रिवल्भरले खुट्टामा गोली प्रहार भएको छ । गोविन्दा मुम्बईस्थित आफ्नो घरमा रिवल्भर सफा गर्दै गर्दा उनको खुट्टामा गोली लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । गोविन्दाका प्रबन्धकले समाचार एजेन्सी एएनआईलाई भने, 'उनले आफ्नो लाइसेन्स प्राप्त रिवल्भर कभरमा राख्दै थिए, जब उनी आफ्नो खुट्टामा खसे र गोली लाग्यो ।' डाक्टरहरूले उनको खुट्टाबाट गोली निकालेका छन् ...

बाढी–पहिरोग्रस्त क्षेत्रबाट ७१३ जनाको हवाई उद्धार

बाढी–पहिरोग्रस्त क्षेत्रबाट ७१३ जनाको हवाई उद्धार
काठमाडौं ।  नेपाली सेनाले बाढी–पहिरो, डुबानलगायत प्राकृतिक विपदमा परेका ७१३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरेको छ । गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाले काभे्रपलाञ्चोक, सिन्धुली, मकवानपुर, ललितपुर र काठमाडौँबाट गरी आज बेलुकीसम्म सात सय १३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । ‘बिपी राजमार्ग अवरुद्ध भएर काभ्रेपलाञ्चोकका विभिन्न स...

कैलालीमा मोटरसाइकल जुध्दा दुबै चालकको मृत्यु

कैलालीमा मोटरसाइकल जुध्दा दुबै चालकको मृत्यु
कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौंदेखि दशैंका लागि घर आइरहेका बेला गौरीगंगा नगरपालिका–१ को पूर्व—पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो । उक्त ठाउँमा दुईवटा मोटरसाइकल एक आपसमा जुधेका (ठोक्किएका) थिए । बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको से ६ प ६२७९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको जिल्ला...

देश विपद्ले संकटमा पर्दा सम्मान थाप्न व्यस्त थिए मुख्यसचिव

देश विपद्ले संकटमा पर्दा सम्मान थाप्न व्यस्त थिए मुख्यसचिव
-१२ असोजमा स्याङ्जाको फेदीखोला गाउँपालिका कार्यालय बाहिर झमझम पानी परिहरेको थियो । गाउँपालिकाको खुला सभाहलभित्र मुख्यसचिव एकनारायण अर्याल सेतो खादासहित सम्मान ग्रहण गरेर धन्यवाद मन्तव्य दिइरहेका थिए । १३ भदौमा मुख्यसचिव भएका अर्याल गृह जिल्ला पुगेर गाउँपालिकादेखि जनप्रतिनिधि र कर्मचारीको दायित्व सम्झाइरहेका थिए । तर, उनीमाथि नै अहिले देश गम्भीर संकटमा पर्दा पनि दायित्व ननिभाएको र भद्...