कोशी ब्यारेज पुलमा चल्न थाले सवारीसाधन
सप्तरी : पूर्व-पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलमा आइतबार साँझदेखि सवारीसाधन चल्न थालेका छन्।
कोशी नदीमा पानीको प्रवाह घटेपछि यातायात र पैदलयात्रीलाई आउजाउ गर्न दिने निर्णय गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिए। कोशी पुलमा बाढी आएर थुपारिएको लेदो, प्लाष्टिक र दाउरासहितका फोहोर सफा गरिएकाले यातायात सहज भएको उनले बताए।
‘कोशीमा पानीको प्रवाह अत्यधिक ...