शालिकराम– रवि लामिछाने प्रकरणबारे प्रचण्डपुत्री मेयर रेणु दाहालले जारी गरिन् विज्ञप्ति (विज्ञप्तिसहित)

शालिकराम– रवि लामिछाने प्रकरणबारे प्रचण्डपुत्री मेयर रेणु दाहालले जारी गरिन् विज्ञप्ति (विज्ञप्तिसहित)
काठमाडौं ।  चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनबारे सत्य तथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरेकी छन् । बिहीबार प्रेस विज्ञप्ति जारी गरेर प्रचण्डकी पुत्रीसमेत रहेकी रेणुले ‘दोषी नछुटून, निर्दाेष नपरुन’ मान्यताको आधारमा शीघ्र न्यायिक निरुपणका लागि सम्बन्धित पक्षसँग आग्रह गरेकी छन् । साथै उनले प्रहरीको अनुसन्धान प्रभावित नगर्न र घटना...

सोलुखुम्बु केन्द्रविन्दु भएर भूकम्प

सोलुखुम्बु केन्द्रविन्दु भएर भूकम्प
सोलुखुम्बु / सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ७ बजेर ७ मिनेटको समयमा चार रेक्टर स्केलको भूकम्प गएको खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लोकविजय अधिकारीले परकम्पन नभई यो भूकम्प नै भएको बताउनुभयो । सात दिनअघि म्याग्दीको लोलाङनजिक केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टरको भूकम्प गएको थियो ।

बोक्नु र टोक्नु’ भो राष्ट्रिय परिचयपत्र

बोक्नु र टोक्नु’ भो राष्ट्रिय परिचयपत्र
काठमान्डाैं / सरकारले निकै महत्वकाक्षाका साथ ल्याउन लागेको राष्ट्रिय परिचयपत्र यसअघि लागू भएका जिल्लामा भने प्रयोगविहीन भएको छ । सरकारले पाइलट प्रोजेक्टका रुपमा सिंहदरबारसहित पूर्वी नेपालको पाँचथर जिल्लामा राष्ट्रिय परिचयपत्र लागू गरेपनि यो ‘समान्य परिचयपत्र’मै सीमित भएको छ । नागरिकतासहित अन्य परिचयजन्य कागजात विस्थापित गर्दै एउटै कार्डबाट सम्पूर्ण जानकारी उपलब्ध गराउने उद्देश्यले ल्याएको राष्ट...

तीन दिन भारी वर्षाको सम्भावना

तीन दिन भारी वर्षाको सम्भावना
काठमाडौँ / मनसुनको न्यून चापीय रेखा औसत स्थानमा रहेकाले सो प्रभावले देशका अधिकांश स्थानमा मनसुनी वर्षा भइरहेको छ । हाल देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै उक्त प्रणालीको प्रभावका कारण तीन दिन देशको अधिकांश स्थानमा मेघ गर्जनसहित मध्यमदेखि भारी...

रबि लामिछानेको समर्थनमा गएर फोटो खिच्दा श्रीमानले घरबाट निकालीदिन्छु भनेपछि यी महिला मिडियामा

रबि लामिछानेको समर्थनमा गएर फोटो खिच्दा श्रीमानले घरबाट निकालीदिन्छु भनेपछि यी महिला मिडियामा
पत्रकार रबि लामिछानेको समर्थनमा पुगेर सेल्फी खिची बिबादमा आएकी एक महिला मिडियामा आएकी छिन।सामाजिक संजालमा आफ्नो फोटो भाइरल भएपछि फोटोमा आएको छाडा शब्द सहितको गालि कमेन्टले मर्नुं न बाच्नु बनाएको भन्दै उनि मिडियामा आएकी हुन्।श्रीमानको समेत गालि खानु परेको भन्दै उनले आक्रोश पोखेकी छिन।एता जिल्ला अदालत चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको...

३० रुपैयाँको क्यालेन्डर गाउँपालिका पुग्दा ८०

३० रुपैयाँको क्यालेन्डर गाउँपालिका पुग्दा ८०
बिर्तामोड । वुद्धशान्ति गाउँपालिकाका कर्मचारीको मिलेमत्तोमा क्यालेण्डर छपाइमा अनियमितता भएको पाइएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षका लागि तीन हजार क्यालेण्डर छापेको थियो । सो क्यालेण्ड चारआलीस्थित एक छापाखानामा छापिएको थियो । छापाखानाले प्रति गोटा ३० रुपैयाँका दरले क्यालेन्डर छपाई गरेपनि कर्मचारीले भने क्यालेन्डर गाउँपालिका पु¥याउँदा सो मूल्य ८० रुपैयाँ पु¥याएसंगै गाउँपालिकामा चरम अनियमितता हुन...

छोरा जन्माउने आशै आशामा १२ छोरी

छोरा जन्माउने आशै आशामा १२ छोरी
बेझाड / छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७ वर्षीय सुमित्रा विकले १३ सन्तानको जन्म दिनुभएको छ । तेह् वर्षको उमेरमा २८ वर्षीय नरबहादुर विकसँग विवाह बन्धनमा बाँधिएकी सुमित्रा १५ वर्षको उमेरमा आमा बनिन् । छोरा नजन्माउँदा समाजले नानाथरी नकारात्मक कुराहरु गर्न थालेपछि विकले १२ छोरी र एक छोराको जन्म दिनुभएको हो । नवौं सन्तानका रुपमा छोरा लोकबहादुर विश्वकर्माले जन्म पाएपछि नरबह...

दाङमा एनसेलको टावरमा अज्ञात समूहले आगजनी

दाङमा एनसेलको टावरमा अज्ञात समूहले आगजनी
दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ ।  टावरमा नेत्रबिक्रम चन्द समूहले आगजनी गरेको हुनसक्ने उनको भनाइ छ । यस विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खिलतपुरक...

नेपालको साख निर्धारण गर्ने तयारी

नेपालको साख निर्धारण गर्ने तयारी
काठमान्डाैं / देशको ‘रेटिङ’ नभएकाले विदेशी लगानी भित्राउन नसकिएको गुनासो उठिरहेका बेला सरकारले देशको साख निर्धारण अर्थात् ‘सोभरेन रेटिङ’को प्रक्रिया अघि बढाएको छ । गत साता अर्थ मन्त्रालयले राजस्व सचिव लालशंकर घिमिरेको संयोजकत्वमा ‘रेटिङ अभरसाइट कमिटि’ गठन गरेपछि यस्तो प्रक्रिया अघि बढको हो । कमिटिका सदस्यमा नेपाल राष्ट्र बैंकका डपुटी गभर्नर चिन्तामणी सिवाकोटी, बिमा समितिका अध्यक्ष चिरञ्जीवी...

बेलायती नागरिक स्मिथसम्म पुगको शिशुलाई १४ वर्षीया बालिकाले जन्म दिएको खुलासा

बेलायती नागरिक स्मिथसम्म पुगको शिशुलाई १४ वर्षीया बालिकाले जन्म दिएको खुलासा
काठमान्डाैं / बेलायती नागरिक डोना स्मिथले फर्जी कागजात बनाएर बेलायत लैजान खोजेको शिशुलाई १४ वर्षीया बालिकाले जन्म दिएको रहस्य खुलेको छ । तराई मुलकी सञ्जीवनी बर्थिङ सेन्टर हुँदै थापाथलीस्थित प्रसूतिगृहमा शिशुलाई जन्म दिएकी थिइन् । सेन्टरकी सञ्चालक एवं स्टाफ नर्स निर्मला मगरले मगरले गर्भपतन गराउन प्रसुतिगृह पठाएकी थिइन् । प्रहरीले मगरलाई पक्राउ गरिसकेको छ । त्यसअघि स्मिथलाई आठ हजार पाउन्डमा शिशु ...