सुरक्षा उपकरण बिगारेको भन्दै त्रिभुवन विमानस्थलमा यात्रुको बिदाईमा खादा, मालामा प्रतिबन्ध

सुरक्षा उपकरण बिगारेको भन्दै त्रिभुवन विमानस्थलमा यात्रुको बिदाईमा खादा, मालामा प्रतिबन्ध
काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाईको क्रममा खादा, माला नल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ । सुरक्षा जाँचको क्रममा विमानस्थलको सुरक्षा उपकरणहरु (एक्स-रेहरु),कन्भेयर बेल्ट तथा स्केलेटरहरुमा अड्किएर उपकरणहरुलाइ गम्भीर क्षति पुर्‍याएकाले बाहिर देखिने गरी नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले आग्रह गरेको हो । कार्य...

कान्छि भित्र्याएर कतार उड्न लागेका श्रीमानलाई श्रीमतीले नै विमानस्थलबाटै पक्राइन्

कान्छि भित्र्याएर कतार उड्न लागेका श्रीमानलाई श्रीमतीले नै विमानस्थलबाटै पक्राइन्
गोरखा । विदेश जान हिंडेका गोरखाका एक युवकलाई प्रहरीले बहुविवाहको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । आरुघाट गाउँपलिका–६ घर भएका २८ वर्षीय सुरज गुरुङलाई बहुविवाहको आरोपमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । ‘सुरजकी जेठी श्रीमती रिता गुरुङले यही भदौ २३ गते जिल्ला प्रहरी कार...

मन्त्रिपरिषद्को बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक बस्दै
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठक साँझ ६:३० बजे बस्नेछ । आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछन् । केही सहसचिवहरुको सरुवा गर्ने सरकारको तयारी रहेको शूत्रले जनाएको छ । बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा गरिने सहसचिवहरुको सूची तयारीमा जुटेको थियो ।

डडेल्धुराकी चर्चित टिकटकर विमला मृत भेटिइन् , महाकालीमा फाल हानेकी ममताकाे पनि मृत्यु

डडेल्धुराकी चर्चित टिकटकर विमला मृत भेटिइन् , महाकालीमा फाल हानेकी ममताकाे पनि मृत्यु
कैलाली । डडेल्धुराकी एक चर्चित टिकटकर युवती मृत भेटिएकी छिन् । गन्यापधुरा गाउँपालिका–३ की २१ वर्षीया विमला देउवा घरमै मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक कार्कीले जानकारी दिए टिकटकमा उनका दुई लाख २४ हजार फलोअर छन् । हिजो झुण्डिएको अवस्थामा मृत भेटिएकी देउवाको बारेमा अनुसन्धान भइरहेको कार्कीले बताएका छन् । विमलाका बुवाको केही समयअघि मृत्यु भएको थिय...

समायोजन जटिलता देखिएका स्वास्थ्य कर्मचारीको व्यवस्थापन कार्यविधि स्वीकृत

समायोजन जटिलता देखिएका स्वास्थ्य कर्मचारीको व्यवस्थापन कार्यविधि स्वीकृत
काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनका क्रममा जटिलता देखिएका स्वास्थ्यकर्मीको समायोजनका लागि नीतिगत निर्णय गरेको छ । यसअनुसार फाजिल वा दरबन्दी नभएको तहमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई उनीहरुकै मागबमोजिम समायोजन संसोधन हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दी नभएका तहमा कार्यरत स्वास्थ्यकर्मीहरुको समस्या समाधानका लागि चालु आर्थिक वर्षभित्र एक पटकका लागि त्यस्त...

दयाहाङ र आँचल स्टारर फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु

दयाहाङ र आँचल स्टारर फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु
काठमाडौं  / दयाहाङ राई र आँचल शर्मा स्टारर फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु भएको छ । दीपेन्द्र लामाको लेखन,निर्देशन रहेको फिल्मको गत सोमबार अर्थात् २४ गतेबाट राजधानीका बिभिन्न स्थानमा सुटिङ भइरहेको छ । सुटिङ सुरुसँगै ‘दुखी आत्मा’ को सेटबाट दयाहाङ र आँचलको केही तस्विर बाहिरिएको छ । हिमाल कडरिया निर्माता रहेको फिल्ममा दयाहाङ र आँचलका साथमा अनुपविक्रम शाही, बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आल...

कोशी सरकारमा कांग्रेस आज सहभागी हुँदै

कोशी सरकारमा कांग्रेस आज सहभागी हुँदै
विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस बिहीबार (आज) सहभागी हुने भएको छ । कांग्रेस प्रदेश संसदीय दलका नेता तथा पार्टी कोशी प्रदेश सभापति उद्धव थापाले सरकारमा बिहीबारसम्म नेपाली कांग्रेसका मन्त्रीहरू नियुक्त भइसक्ने बताएका हुन् ।बुधबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले कांग्रेसको पदाधिकारीको बैठकले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको बताए । केन्...

छोरीलाई जागिर नदिएको झोँकमा गौरीगञ्जका वडा अध्यक्षले बिथोले कार्यक्रम!

छोरीलाई जागिर नदिएको झोँकमा गौरीगञ्जका वडा अध्यक्षले बिथोले कार्यक्रम!
झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर ५ मा नवनिर्मित उपस्वास्थ्य केन्द्रको भवन उद्घाटन गर्न जग्गादाता परिवारले अवरोध गरेका छन् । उपस्वास्थ्य केन्द्रको भवन उद्घाटन गर्न गएकी गाउँपालिका अध्यक्ष फूलबती राजवंशीको हातबाट दाता परिवारले रिबन काट्ने कैँची खोसेका छन् ।स्वास्थ्य केन्द्रको कर्मचारी नियुक्तिमा चलखेल गरेको र कर्मचारी छनोटमा जग्गादाताको सन्तानलार्ई प्राथमिकता नदिएको उनीहरुको गुनासो छ । स्वास...

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको कति पुग्यो ?

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको कति पुग्यो ?
इटहरी । आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार सुन तोलामा ३ हजारले बढेर एक लाख ५२ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ६ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला ५० रुपियाँले बढेर १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनसरीबाट करीब ४८० केजी गाँजा बरामद

सुनसरीबाट करीब ४८० केजी गाँजा बरामद
सुनसरी / सुनसरी जिल्लाको भोक्राहा नरसिँह गाउँपालिका–८ स्थित हुलाकी मार्गबाट भाद्र २६ गते सशस्त्र प्रहरीले २ सय ३५ केजी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ । सोही गाउँपालिकाको फुलचोकबाट दक्षिण सीमा ईलाकातर्फ जादै गरेको बा ९ च ७१६६ नम्बरको बोलेरो गाडीमा लुकाई छिपाई राखेको अबस्थामा ८ बोरा प्रतिबन्धित लागूऔषध गाँजा बिओपी लौकही र सुरक्षा बेश भुटाहाको टोलीले बरामद गरेको हो । सशस्त्र प्रह...