गट्ठाघरमा दुर्घटना भएको ट्रकका चालक बानेश्वर वृत्त पुगेर आत्मसमर्पण
भक्तपुरको गठ्ठाघरमा दुर्घटना भएको ट्रकका चालक प्रहरीको सम्पर्कमा आएका छन्।सर्लाहीको मलंगवा नगरपालिका २ घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठ बिहीबार साँझ ७ बजेतिर काठमाडौंको बानेश्वर प्रहरी वृत्तमा आफै उपस्थित भएका हुन्।
स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएपछि उनी गट्ठाघरबाट फरार भएका थिए।उनी बानेश्वर वृत्तको सम्पर्कमा आएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशर...