तरकारी बाेक्ने ट्रकबाट समातीयाे १४ सय २० किलो गाँजा , धनकुटा र भेडेटारबाट फुत्कियाे धरानमा समातीयाे
इटहरी । सुनसरीको धरान उप–महानगरपालिका–१३ साराङगबाट ठुलो परिमाणमा ट्रकमा लोड गरेर ल्यउदै गरेको गाँजा प्रहरीले बरामद गरेको छ ।
बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ आउदै गरेको को १ ख ४७३३ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा ट्रकमा मुलाको बोरा संगै लोड गरीएको ४४ वटा सेतो बोरामा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा १४ सय २० किलो लागू...