मोरङको कटहरीमा कृषि एक्स्पो शुरु
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा मोरङको कटहरीमा कृषि एक्स्पो शुरु भएको छ ।
विराटनगर नजिकैको कृषि थोक बजार परिसरमा बिहीबारदेखि चार दिने एक्स्पो सुरु भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संघीय सरकारका कृषि तथा पशुपन्क्षी विकास मन्त्री मन्त्री रामनाथ अधिकारीले एक्स्पोको उद्घाटन गरेका हुन् ।
मुख्यमन्त्री कार्कीले किसान र निजी क्षेत्रलाई एक ठाउँम...