यसरी ‘चन्द्रयान–२’ अन्तिम समयमा असफल भएपछि प्रमुख वैज्ञानिक समेत रोए
काठमाडौं । शनिबार बिहान भारतीय समयअनुसार करिब पौने दुई बजे । भारतमा मात्र नभएर पूरै विश्वको ध्यान भारतीय अन्तरिक्ष अनुसन्धान संस्था ९इस्रो० को बैंग्लोरस्थित मुख्यालयको ठूला पर्दामा थियो । त्यहाँ रहेका वैज्ञानिकहरुको अनुहार बेचैन देखिन्थ्यो ।
एक महिनाअघि प्रक्षेपण गरिएको चन्द्रयान–२ अभियानको निर्णायक घडी नजिकिँदै थियो । अर्थात् भारतले चन्द्रमामा आफ्नो झण्डा फहराउन गइरहेको थियो । अन्तरिक्ष विज्ञा...