फेसबुकले माग्यो माफी, फर्कायो बालेनको पोस्ट
इटहरी । सामाजिक सञ्जाल फेसबुकले काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहको फेसबुक पोस्ट हटाएकोमा माफी माग्दै पुनः फर्काइदिएको छ।
फेसबुकले बालेनको पोस्ट कम्युनिटी गाइडलाइनभित्रै रहेको पाइएपछि पुनः फर्काएको स्पष्ट पारेको छ। अहिले बालेनको फेसबुकमा उक्त पोस्ट देख्न सकिन्छ।
भदौ १६ गते बालेनले बाल श्रम शोषणको आरोप लागेकी एमालेकी लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई कानुनी कारबाही नगरेको...