पहिरोमा पुरिएर रोल्पामा एकै घरका ६ जनाको मृत्यु

पहिरोमा पुरिएर रोल्पामा एकै घरका ६ जनाको मृत्यु
  थवाङ– रोल्पाको थवाङ गाउँपालिका–२ छेर्लोवाङमा गएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । बिहीबार राति घरमाथिबाट गएको पहिरोमा पुरिएर एकै घरका ६ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा २५ वर्षीया थीरकुमारी बुढा, उनका ४ वर्षीय छोरा असल बुढा, ३५ वर्षीय जै बुढा, उनकी ३५ वर्षीय श्रीमती मूलज्योति बुढा, ९ वर्षीय छोरी जीविस्टी बुढा र २ वर्षीया छोरी करिस्मा बुढा छन...

मृत भन्दै अस्पतालले प्लास्टिकको झोलामा दिएको शिशु गाड्न लैजादै गर्दा चल्मलाएपछि…

मृत भन्दै अस्पतालले प्लास्टिकको झोलामा दिएको शिशु गाड्न लैजादै गर्दा चल्मलाएपछि…
  नेपालगञ्ज– सुत्केरी ब्यथा लागेपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीले शुक्रवार(आज) बिहान करीब ५ बजे सामान्यरुपमै शिशुलाई जन्म दिइन् । जन्मिएको केही समयमा अस्पतालले शिशुको मृत्यु भएको जानकारी कमलाका श्रीमान् मिलन अधिकारीलाई दियो । अस्पतालको प्रसूतिकक्षमा कार्यरत कर्मचारीले शिशुको मृत्यु भएको भन्दै कपडामा पोको पार्दै पोलोथिनको झोलमा राखेर अन्तिम...

विद्युत प्राधिकरण झापाका कर्मचारीले यसरी लिन्छन् घुस !

विद्युत प्राधिकरण झापाका कर्मचारीले यसरी लिन्छन् घुस !
नेपाल विद्युत प्राधिकरणका कर्मचारीले नयाँ मिटर जडान गर्न र जलेको वा बिग्रेको मिटर मर्मत गर्न कसरी सेवाग्राहीलाई झन्झट दिएर घुसबापत अवैध रकम असुल्छन् भन्ने तथ्य फेला परेको छ । झापाको बिर्तामोडस्थित अनारमनी वितरण केन्द्रका चुहावट तथा अनियमितता नियन्त्रण फाँटका कर्मचारी आफैँ सेवाग्राहीसँग बार्गेनिङ्ग गर्दै घुस माग्ने गरेको खुलासा भएको छ । झापाको बिर्तामोड-५ का कृष्ण अग्रवालले आफ्ना बुवा पवनकुमार अ...

नेपाल वायुसेवाको विश्वसनीयता खस्किँदैः १० आन्तरिक उडान २ मात्र सफल

नेपाल वायुसेवाको विश्वसनीयता खस्किँदैः १० आन्तरिक उडान २ मात्र सफल
काठमान्डाैं / राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवाले प्रभावकारीरूपमा सेवा प्रभाव गरोस् भन्ने नेपालीको कामना पूरा हुन सकिरहेको छैन । हिजै बिहीबार मात्र तालिकाअनुसार १० स्थानमा घरेलु उडान हुनुपर्नेमा दुई थान मात्र सफल भएको छ । उडान सफल भएका दुई सेवामा बिहान ७.३० बजे ५० यात्रु लिएर काठमाडौंबाट विराटनगर गएको एमए ६० र यसअघि ६.३० बजे १४ यात्रु लिएर ट्युनेटर भोजपुरका लागि उडेको थियो । अरू सबै उडान र...

सरकारले किन लोकसेवा छलेर भर्ती गर्ने भयो अधिकृत स्तरका कर्मचारी ?

सरकारले किन लोकसेवा छलेर भर्ती गर्ने भयो अधिकृत स्तरका कर्मचारी ?
काठमान्डाैं / सरकारले लोकसेवा आयोगलाई छलेर ठूलो संख्यामा करारमा अधिकृत स्तरका कर्मचारी भर्ती गर्ने भएको छ । ठूला आयोजना र परियोजनामा कार्यकर्ता र आफन्त भर्ती गर्न मन्त्रिपरिषद्ले हजारभन्दा बढी अस्थायी दरबन्दी स्वीकृत गरेको छ । तर यसबारे लोकसेवा आयोगलाई जानकारी छैन । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले नयाँ दरबन्दी सिर्जना गरिएको सम्बन्धमा आफूलाई जानकारी नभएको बताए । उनले शुद्ध करारमा दरबन्...

गृहमन्त्रीका भाइको गुन्डा नाइकेसँग थियो यस्तो ‘कनेक्सन’

गृहमन्त्रीका भाइको गुन्डा नाइकेसँग थियो यस्तो ‘कनेक्सन’
काठमान्डाै / गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ नरेशकुमार थापाले केन्द्रीय कारागारमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग नियमित रुपमा भेटघाट गरेको देखिएको छ । निर्माण व्यावसायीलाई धम्क्याएर चन्दा असुली गर्ने र गुन्डागर्दी गर्ने समूहको नाममा पक्राउ परेका पवन खड्का र शैलेश प्रजापतिले दिएको बयान र प्रहरीले निकालेको कल डिटेलअनुसार थापाले बस्नेतसँग नियमित सम्पर्क गरेको देखिएको हो । थापा गत मंग...

असोज ५ बाट दसैं अग्रिम टिकट बुकिङ, भाडा नबढ्ने

असोज ५ बाट दसैं अग्रिम टिकट बुकिङ, भाडा नबढ्ने
काठमान्डाै / हिन्दूहरूको महान् चाड दसैंको अवसरमा आगामी ५ असोजबाट बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । सरकार र व्यवसायीबीच बिहीबार भएको वार्तामा ५ असोजदेखि दसैंको लागि टिकट खुला गर्ने सहमति भएको हो । यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारसँगको छलफलबाट आगामी ५ असोजबाट टिकट खुला गर्ने निर्णय भएको बताए । दसैंमा टिकट भाडादर भने नबढ्ने भएको छ । यातायात व्यवसायीले पार्टपुर्जा र कर...

भारत–चीन विवादः दुई देशका सेनाबीच दिनभर घम्साघम्सी

भारत–चीन विवादः दुई देशका सेनाबीच दिनभर घम्साघम्सी
काठमान्डाै / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच दोस्रो औपचारिक शिखर वार्ताको तयारी भइरहेका बेला दुई देशका सेनाबीच सामान्य झडप भएको छ । भारत र चीन सीमाक्षेत्र लद्दाखमा गस्तीमा रहेका सैनिकबीच झडप भएको हो । भारतको लद्दाख छेउको पागंग तालनजिक दुई देशका सेनाबीच झडप भएको बुधबार दिनभर चलेको भारतीय सञ्चार माध्यमले जानएका छन् । १३४ किलोमिटर लामो उक्त तालकोे उत्तरी कि...

डेंगुबाट विराटनगरमा एक जनाको मृत्यु

डेंगुबाट विराटनगरमा एक जनाको मृत्यु
२६ भदौ, विराटनगर । डेंगुका कारण विराटनगरमा एक जना विद्यार्थी  को मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर– १० का १८ वर्षीय अभिनाश शर्मा रहेका छन् । शर्मा विराटनगरको शिक्षादीप कलेजको कक्षा १२ मा अध्ययनरत थिए । मंगलबार गोल्डेन अस्पताल विराटनगरमा भर्ना भएका शर्माको बुधबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । अविनाशलाई भदौ २० गते सामान्य ज्वरो आएपछ...

धरानमा सुन चोर्दै गर्दा चोर रङ्गेहात पक्राउ

धरानमा सुन चोर्दै गर्दा चोर रङ्गेहात पक्राउ
धरान, धरानमा घरभित्रै पसेर सुन चोरी गर्ने दुई चोर पक्राउ परेका छन् । धरान उपमाहानगरपालिका ५ देउरालीबाट बर्ष ३३ को नरवती राईको घरबाट सुन चोरी गर्ने सोहि वाडाका बर्ष ३६ को सुर्य बहादुर बिश्वकर्मा र बस्ने बर्ष ३३ को भक्त बहादुर बिश्वकर्मा पक्राउ परेका छन् । उनीहरुले राइको घर भित्र पसेर जन्तर १ थान, तिलहती १ थान, सुनको जुनतारा १ थान, ब्रासलेट १ थान, औठी १ थान, पिजडा १ जोर, बेरुवा औठी १ थान समेत जम्...