धनुषामा मेयर र उपमेयरको समूहबीच झडप

धनुषामा मेयर र उपमेयरको समूहबीच झडप
जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिकामा मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा समूहबीच मंगलबार झडप भएको छ। झडपपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन्। मेयर मण्डल पक्षका व्यक्तिहरूले कार्यालय सार्ने भन्दै समान लिन ट्याक्टर लिएर नगरपालिका पुगेपछि उपमेयर झा पक्षका व्यक्तिहरूले रोक्ने प्रयास गर्दा झडप भएको हो। झडपपछि मेयर पक्षका व्यक्तिहरूसँगै नगरपालिका पुगेका प्रहरीको लाठी चार्जबाट ...

मापसे चेक जाचमा पक्रेको बाईक खेल मैदानकाे पार्कीङमा

मापसे चेक जाचमा पक्रेको बाईक खेल मैदानकाे पार्कीङमा
  माेरङ / माेरङ पथरी बेस क्यामका एक जना प्रहरीले चेक जाचका क्रममा पक्रेका बाईकहरु कुदाउने गरेको भेटिएको छ । सोमबार पक्रिएको मोटर साईकल मंगलबार बेस क्याम प्रमुख प्रहरी नायब निरीक्षक सन्तोष लिम्बुले आफै कुदाउदै गरेको भेटिएको हो । मापसेमा पक्राउ परेको को ६ प १५९५ नं. को मोटसाईकल पथरीशनिश्चरे ३ इटाभट्टामा देखिएकाे थियाे । सुरक्षाकर्मिले कसैको पनि सवारी साधन नियन्त्रणमा लिए पछि सुरक्षित रा...
        विराटनगर, २१ साउन । मोरङको लेटाङ नगरपालिका वडा नम्बर ३ मा आज बिहान भएको आगलागीमा परी तीन घर जलेर नष्ट भएका छन् । बिहान ५ बजेबाट शुरु भएको आगलागीबाट स्थानीय मेषबहादुर विक, डोलप्रसाद मगर र भक्तबहादुर राईको घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।  प्रहरीका अनुसार आगलागीबाट ५० लाख रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको बताइएको छ । आगलागीबाट सबै...

महाकाली नदीमा पानीको बहाव बढ्यो

महाकाली नदीमा पानीको बहाव बढ्यो
  भीमदत्तनगर / सोमबार रातिदेखि भएको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको छ । वर्षाका कारण नेपाल–भारत आवागमन गर्ने बनबासा पुलमा भारतीय पक्षले चारपाङग्रे सवारी साधानलाई आज बिहानैदेखि आवातजावतमा रोक लगाएको गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । आज बिहानको मापनअनुसार उक्त नदीमा पानीको बहाव एक लाख १३ हजार क्युसेक पुगेको छ । पुलमा ठूला सवारीसाधन आवागमनमा रोक...

अवैध उत्खनन् गर्दै गर्दा जेसिबी र ट्रयाक्टर नियन्त्रणमा, चालक फरार

विराटनगर २१ साउन । मोरङको केराबारी गाउँपालिकास्थित खदम र चिसाङ खोलाबाट प्रहरीले मंगलबार जेसिबी र ट्रयाक्टर नियन्त्रणमा लिएको छ । दुवै खोलामा अवैध उत्खनन् र उत्खनन् गरिएका चिजवस्तु ओसारपसारमा प्रयोग गरिएको पाइएपछि दुवै साधनलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए । उनका अनुसार केराबारी–३ स्थित चिसाङ खोलाबाट अनटेस्ट लेखिएको जेसिबी र केराबारी–७ स्थित खदम खोलाबा...

किर्ते सही गरी ९३ लाख झिकेर कर्मचारी फरार

किर्ते सही गरी ९३ लाख झिकेर कर्मचारी फरार
  जनकपुरधाम । धनुषाका एक कर्मचारीले किर्ते सहीछाप गरी ९३ लाख रुपैयाँ रकम झिकेर फरार भएका छन् । सिटीईभीटी धनुषा स्थित बीपी मेमोरियल पोलिटेक्नीक ईन्स्टीच्युटको ल्यावमा कार्यरत महोत्तरी गाँउपालिका घर भएका प्रविणकुमार ठाकुर ९३ लाख ५१ हजार रुपैयाँ झिकेर फरार भएका हुन् । ठाकुरले विभिन्न मितिमा ईन्स्टीच्युटको ६२ लाख ५६ हजार र सिटिइभीटी प्रदेश कार्यालय जनकपुरको ३० लाख ९५ हजार रुपैय...

सुनसरी र उदयपुरमा एम्बुलेन्स दुर्घटना, ११ जना घाईते

सुनसरी र उदयपुरमा एम्बुलेन्स दुर्घटना, ११ जना घाईते
  बिराटनगर: उदयपुर र सुनसरीमा आज बिहान भएको एम्बुलेन्स दुर्घटनामा ११ जना घाईते भएका छन् ।झापाबाट उपचार गरी घर फर्केका मानिसलाई लिएर गाईघाट तर्फ जाँदै गरेको मे १ च ६६१ नम्बरको एम्बुलेन्स आज बिहान साँढे ३ बजे उदयपुरको त्रियुगा नगरपालिका ६ चुरेमा आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । उक्त दुर्घटनामा एम्बुलेन्समा सवार त्रियुगा नगरपालिका ६ का सदहरुल मिया, उनकी २८ बर्षीय छोरी सहिजा मिया र सोही...

बाटै बाट अशक्त बिरामी उठाउछन सुनिल शर्मा

बाटै बाट अशक्त बिरामी उठाउछन सुनिल शर्मा
सुन्दरहरैचा, मोरङ क्षेत्र नं ०३ बाट गत वर्षको प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिएका व्यक्ती हुन सुनिल शर्मा । कुनै बेला क्षेत्र नं ०३ नेपाल कम्युनिष्ट पार्टीको लाल किल्लाको रुपमा परीचित हुँदै आएको यस क्षेत्रमा शर्माको आगमन भए सगै उनले यो भनाईलाई उल्टाएका छन । गत वर्षको निर्वाचनमा थोरै मतान्तरले पराजित भएका शर्मा यति खेर जनताको घरदैलोमा नै व्यस्त छन । चुनावी मैदानमा उत्रीदा आफु...

माउण्टेन टिभीमा कार्यरत पत्रकार शालिकराम होटलमा झुण्डिएको अवस्थामा मृत भेटिए

भरतपुर, साउन २१ गते । माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् । उनी सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नं कोठामा बास बसेका थिए । खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र ढोका नखोलेपछि राति १० बजे प्रहरीलाई खबर गरिएको थियो । प्रहरीको ...

घुस लिएको आरोपमा अधिकृत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित हेटौँडास्थित एक कार्यालयका अधिकृतलाई पक्राउ गरेको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडाका अधिकृत चन्दनकुमार अमात्यलाई घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले जनाएको छ । आयोगका अनुसार अधिकृत अमात्यलाई आइतबार आयोगको हेटौँडाको टोलीले कार्यालयबाट नै पक्राउ गरेको हो । उद्योग दर्ता गर्न आवश्यक प्रक्रिया ...