परराष्ट्रमन्त्री ज्ञवाली आज रुस जादैँ
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज (शनिबार) रुस जाँदै छन्। परराष्ट्रमन्त्री ज्ञवाली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै रुस र सर्बियाको साताव्यापी औपचारिक भ्रमणमा निस्कन लागेका हुन्।
शनिबार अपराह्न ४ बजेपछि भ्रमण टोली रुस प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र सविच शंकरदास बैरागी, रुस र सर्वियाका लागि नेपाली राज...





