शक्तिशाली पश्चिमी वायु नेपाल प्रवेश गर्याे, सतर्क रहन माैसमविद्काे सुझाव
काठमाडौं । केही दिन उल्लेखनीय मौसम प्रणाली नभएको नेपालमा पश्चिमी वायुको बलियो प्रणाली प्रवेश गरेको छ ।
जसले उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात र देशैभर वर्षा गराउने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यो प्रणाली सोमबार बेलुका नेपाल प्रवेश गरेको हो। पश्चिमबाट भित्रिने यो पश्चिमी न्यून चापीय प्रणालीको हल्काफुल्का प्रभाव रातिद...










