आगो ताप्ने क्रममा लागेको आगोमा जलेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

पर्साको जिराभवानी गाउँपालिका–१ भवानीपुर बस्ने प्रमोद दासकी श्रीमती २६ वर्षीया शान्ती देवी यादव आगो ताप्ने क्रममा जलेर गम्भीर घाइते भएकी थिइन् ।

गत पुस ३ गते आगो ताप्ने क्रममा जलेर घाइते भएकी शान्तिको वीरगन्जमा उपचार हुन नसकेपछि काठमाडौंको कीर्तिपुर अस्पताल रेफर गरिएको थियो ।

कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा मंगलबार शान्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया