सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका केन्द्रको रुपमा रहेको चिरौली चौकमा मोटरसाईकल चोरीले त्रास फैलाएको छ ।

हालसालै नेपाल प्रहरीकै मोटरसाईकल चोरी भएको सो चौकमा आइतवार राती फेरि अर्को मोटरसाईकल चोरीको प्रयास भएको छ ।

वडा नम्बर ४ चिरोली चोकबाट आइतबार दिउँसै स्थानीय समसाद अलि अन्सारीको घरबाट को ३९ प ९६५ नम्बरको २२० सीसीको पल्सर मोटरसाईकल चोरहरुले घर बाट चोरी गरी लगेपनि बाटोमा स्थानीयहरुले देखेपछि चोरहरु भागेका थिए।

मोटरसाइकल घरमा लक लगाएर राखेको अवस्थामा दुई जना नचिनिएका ब्यक्तिहरुले लक भाँचेर केही परसम्म घिसार्दै लगिरहेको अवस्थामा स्थानीयहरुले देखेपछि उनीहरु मोटरसाइकल छोडेर इनरुवा तिर भागेका अन्सरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया