दाङ्गमा ट्याक्टर दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । एक जना गम्भीर घाईते भएका छन् ।

जिल्लाको बबई गाउँ गाउँपालिका–२ रातामाटास्थित पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको रा १ त ३२५७ नम्वरको ट्याक्टर सडकबाट ५ सय मिटर तल खस्दा सोही गाउँपालिका ५ जौबारीका २६ बर्षीय चालक खुमबहादुर बुढाथोकीको मृत्यु भएको हो ।

त्यस्तै सह चालक रातामाटाका २५ बर्षीय टोपबहादुर खत्री गम्भीर घाईते भई थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।

मृतक बुडाथोकीको राप्ती प्रादेशिक अस्पतालमाउपचारका क्रममा मृत्यु भएको र उनको शव सोही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङ्गले जनाएको छ ।

तपाईको प्रतिक्रिया