घुर ताप्ने क्रममा जलेर १ महिलाको मृत्यु
बारा– चिसोको समयमा घुर ताप्ने क्रममा लागेको आगोमा जलेर बरामा १ महिलाको मृत्यु भएको छ ।
बाराको प्रसौनी गाउँपालिका–७ बालुवा टोल बस्ने ७० वर्षीया सोना देवी साहको घुर ताप्ने क्रममा भएको आगलागीका कारण जलेर मृत्यु भएको हो ।
तराईंका जिल्लामा चिसोबाट जोगिन घुर ताप्ने गरिन्छ । आफ्नै घर भित्र तथा घर बाहिर आगनमा खाल्डो खनेर गोबरका गुइठा, स–साना काठका टुक्रा तथा सुकेका स्याउला र पराल हालेर आगो ताप्ने गर...










