काठमाडौं– काठमाडौंको मिनभवनमा पैदलयात्रीलाई ठक्कर दिएर भागेको टिपर फेला परेको छ ।

काठमाडौं महानगरपालिका-३१ प्रयागमार्ग मिनभवनस्थित सडकमा बा.३ क १७४२ नम्बरको टिपरको ठक्करबाट शनिबार बेलुका गम्भीर घाइते भएकी पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको थियो ।

पहिचान नखुलेकी करिब ६५ वर्षीय महिलाको सिभिल अस्पताल मिनभवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपरलाई नियन्त्रणमा लिनुका साथै हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

महिलालाई ठक्कर दिएर भागेको टिपर क्षेत्रपाटीमा भेटिएको थियो । सामान खन्याएर लुकाएर राखिएको अवस्थामा टिपर भेटिएको प्रहरीले जनाएको छ । तर चालक फरार भएका कारण उनको हुलिया बनाएर खोजी कार्य थालिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया