मनोमानी ब्याज उठाउँदै सहकारी, गरेनन् सन्दर्भ ब्याजदर लागू
काठमान्डाैं / सहकारी विभागले सन्दर्भ ब्याजदर शतप्रतिशत लागू भएको जनाए पनि सहकारीहरूले भने आफूखुसी ब्याज लिँदै आएका छन् । मनोमानी ब्याज उठाउन थालेपछि विभागले सहकारीहरूलाई गत साउन १९ गतेदेखि सन्दर्भ ब्याजदर लागू गरेको थियो ।
१६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने गरी तोकिए पनि कार्यान्वयन भएको छैन । विभागले भने पूर्ण कार्यान्वयन भएको जनाएको छ । विभागका रजिस्ट्रार डा. टोकराज पाण्डेले भने, सन्दर्...










