काठमाडौं, ३ पुष । सभामुख रहँदा संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जब र्जस्ती कर णीको प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि थु नामा रहेका कृष्णबहादुर महराको मुद्दामा आज बिहीबार सुनुवाइ हुँदैछ । आजको सुनुवाईले उनी पुर्पक्षका लागि थु नामै रहने वा रिहा हुने भन्ने निर्णय गर्नेछ ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासमा उनको सुनुवाई हुन लागेको हो । उच्च अदालतले जिल्लाकै निर्णय सदर गर्यो भने महरा थु नामै बस्नुपर्ने छ भने बदर गर्यो भने थु नामुक्त हुनेछन् । महराले गत मंसिर १७ गते उच्च अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतमा पनि उनको बकपत्र चलिरहेको छ। सोमबारदेखि जिल्ला अदालत काठमाडौंमा बकपत्रका लागि उपस्थित गराएको थियो।

घ टना विवरण कागजात, जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरुको बयान र तत्काल प्राप्त प्रमाणको आधारमा महरा कसू रदार होइन भन्न नसकिएको भन्दै उनलाई थु नामा पठाउन आदेश भएको थियो । अदालतले पीडित भनिएकी महिला कर्मचारीसँग पनि बयान लिइसकेको छ । जसमा उनले आफूमाथि क रणी नभएको दाबी गरेकी छन् । फौजदारी कार्यविधि संहिता २०७४ मा रहेको व्यवस्था बमोजिम महराले निवेदन दा एका थिए ।

५ मंसिरमा उच्च अदालतमा निवेदन दर्ता गराएका महरालाई १९ असोजमा प्रहरीले बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै प क्राउ गरेको थियो । न्यायाधीश अम्बिरराज पौडेलको इजलासमा जिल्ला अदालतमा महराको बकपत्र भइरहेको छ।

जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको इजलासले जब र्जस्ती कर णी उद्योगमा उनलाई मंसिर ६ गते पुर्पक्षका लागि थु नामा पठाएको थियो। जिल्ला अदालतको आदेशले उनी डिल्लीबजार कारा गारमा बसिरहेका छन्। उच्च अदालतको फैसला पनि महराका वि रुद्ध भएमा उनी सर्वोच्च जान पाउने छन् । बला त्कार प्रयासको आरो प लागेपछि उनलाई गत असोज १९ मा प क्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो।

तपाईको प्रतिक्रिया