स्कुल बसले किचेर १ बर्षीय नावालकको मृत्यु
मोरङको बेलवारी नगरपालिका ५ मा स्कुल बसले किचेर १ बर्षीय नावालकको मृत्यु भएको छ । बुधबार बिहान सवा ९ बजेको समयमा बेलवारी नगरपालिका ५ रामपुरस्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १ क ३०४६ नम्बरको कसेनी बोर्डिङ स्कुलको बसले किच्दा स्थानीय प्रमोद साहको १ बर्षीय छोरा यस राज साहको मृत्यु भएको हो ।
निजकै ५ बर्षीय छोरालाई बिद्यालय पठाउनको लागि प्रमोद साहको श्रीमती शिवकुमारी साहले द...











