सी भ्रमणमा १० परियोजना पेस गरिँदै
काठमान्डाैं / सरकारले चीनका राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणमा पेस गर्ने गरी १० परियोजनाको सूची तयार पारेको छ । सूचीमा रेलमार्ग, सडक निर्माण, सुरुङदेखि प्रशारण लाइन, जलविद्युत् र विश्वविद्यालय खोल्नेसम्मका परियोजना रहेका छन् ।
बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत चीन सरकारले गर्ने सहयोगका लागि तयार सूचीमा सबैभन्दा बढी सात योजना भौतिक पूर्वाधार तथा योजना मन्त्रालयका मन्त्रालयका छन् ।...











