दसैंलाई ल्याइएका १५ भेडा च्याङ्ग्रा चितुवाले मारेपछि
काठमाडौं । दसैंका लागि मुस्ताङबाट ल्याइएका भेडा(च्याङ्ग्रा कास्कीको अन्नपूर्ण गाउँपालिका काँडेमा चितुवाले आक्रमण गरी मारेको छ। रातको समयमा चितुवाले आक्रमण गरी ७ वटा भेडा र ८ वटा च्याङ्ग्रा मारेको अन्नपूर्ण गाउँपालिका( ३ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङले जानकारी दिए।
दसैंका लागि पोखरामा बिक्री गर्न मुगुबाट हिमालपारिको जिल्ला मुस्ताङ हुँदै व्यापारीले च्याङ्ग्रा ल्याएका थिए। काँडे बजार नजिकै र...











