सुनसरीमा नवजात शिशु प्लास्टिकको झोलामा बेरेर फालिएको अवस्थामा फेला
इटहरी : सुनसरीको कोशी गाउँपालिका–८ शर्मा टोलमा एक नवजात शिशु प्लास्टिकको झोलामा बेरेर फालिएको अवस्थामा फेला परेको छ।
स्थानीय विजय कुमार खत्वेले आफ्नो घर नजिकै ऐलानी जग्गाको कम्पाउण्डवाल नजिक बच्चा रोएको आवाज सुनेपछि हेर्न जाँदा नवजात शिशु (छोरा) भेट्टाएका थिए।घटना शनिवार राति ९ बजेतिरको हो। उनले तत्काल इलाका प्रहरी कार्यालय भण्टाबारीलाई जानकारी गराएका थिए।
प्रहरी वरिष्ठ नायब निरीक्षक पुण्यप्रस...











