बिहानै त्रिसुलीमा बस खस्यो, ३ जनाका मृत्यु, १४ को उद्दार
काठमाडौं,२४ साउन । सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस आज विहान त्रिशुली नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुने तीन जना पुरुष रहेको र उनीहरुको परिचय नखुलेको धादिङका प्रहरी प्रमुख एसपी राजकुमार वैदवारले जानकारी दिए।
उनका अनुसार १४ जनालाई उद्दार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ। बसको अधिकांश भाग नदीमा डुबेको र नदीमा पानीको वहाव अत्यधिक भएकाले उद्दारमा कठिनाइ भइरहेको एसपी वैदवार...








