लेटाङको जंगलमा अंशुको बीभत्स शव : अनुसन्धानमा विशेष टोली परिचालन
मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको बीभत्स शव फेला परेको घटनाको अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ।
इन्स्पेक्टरको नेतृत्वमा विशेष टोली गठन गरेर परिचालन गरिएको हो। जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको अनुसन्धानका लागि इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा ५ सदस्यीय विशेष टोली गठन गरेर परिचालन गरेको छ। टोलीले शनिबारदेखि घटनास्थल वरिपरिका बासिन्दासँग सोधपुछ, ...










