काँग्रेसबाट सुनसरीमा तामाङ, कोईराला,गच्छदार र कार्की उम्मेदवार
सुनसरी । नेपाली काँग्रेसले सुनसरीका चार वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । सुनसरी क्षेत्र नं। १ मा क्षेत्रीय सभापति सुजेन्द्र तामाङ उम्मेदवर बनेका छन् । तामाङ काँग्रेसका नेता शेखर कोइराला निकट रहेकोमा विशेष महाधिवेशनका क्रममा गगन थापा पक्षमा खुलेका थिए। क्षेत्रबाट उनको नाम सिफारिस नभएको भएपनि टिकट पाएका हुन् ।
क्षेत्र नं। २ मा काँग्रेसले राजीव कोइरालालाई उम्मेदवार बनाएको छ । २०७...










