आशिका तामाङले पाइन् रास्वपाको टिकट, हिमेश पन्त हटे

आशिका तामाङले पाइन् रास्वपाको टिकट, हिमेश पन्त हटे
आशिका तामाङ धादिङ-१ बाट उम्मेदवार बन्ने भएकी छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट लिएर चुनाव लड्ने भएकी हुन् । यो क्षेत्रमा यसअघि कमेडियन हिमेश पन्त उम्मेदवार थिए । उनी तेस्रो भएका थिए । यसपटक रास्वपाले हिमेशलाई हटाएर आशिकालाई टिकट दिएको हो । सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका छन् ।

औंठी लुट्न ८३ वर्षीय इलामे वृद्धको ह,त्या

औंठी लुट्न ८३ वर्षीय इलामे वृद्धको ह,त्या
तीन तोलाको सुनको औठी लुट्न ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या भएको छ । इलाम सुर्योदय घर भएका वयोवृद्ध गर्जमान थापाको हत्यामा सुनको औंठी लुट्ने नियत रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ललितपुर महानरपालिका-१७ प्रसिद्ध टोल बस्ने गर्जमान २६ पुस दिउँसो २ बजेतिर हराएका थिए । गर्जमान हराएपछि उनका आफन्तले दिउँसोभर टोल वरपर खोजबिन गरे । तर फेला परेनन् । गर्जमान फेला नपरेपछि साँझ ७ बजेतिर प्रहरी वृत्त सा...

सोलुखुम्बुमा बोलेरो दुर्घटना दुई जनाको मृत्यु, सात घाइते

सोलुखुम्बुमा बोलेरो दुर्घटना दुई जनाको मृत्यु, सात घाइते
सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका ६ घुरुन्दु नयाँपानीस्थित भित्री सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। सोमबार दिउँसो करिब १२ बजे माप्य दूधकोशी गाउँपालिका ६ वाकु चोकबाट वडा ७ वरोदी रोचमतर्फ जाँदै गरेको बिएडी ७७४२ नम्बरको डबल क्याप बोलेरो जिप सडकबाट करिब १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। दुर्घटना...

पहिलोपल्ट कोशी प्रदेशमा घुम्ती अस्पताल सञ्चालनमा

पहिलोपल्ट कोशी प्रदेशमा घुम्ती अस्पताल सञ्चालनमा
कोशी प्रदेश सरकारले पहिलोपल्ट कोशी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको छ। झापाको कमल गाउँपालिका बाट यो घुम्ती अस्पतालको शुभारम्भ गरिएको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अस्पतालको शुभारम्भ गरे । ठूलो बसभित्र अत्याधुनिक मेडिकल उपकरण जडान गरी यो सेवा सञ्चालनमा ल्याइएको हो। कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी नर्सिङ प्रशासक आस्था थापाका अनुसार यसमा रेडियोलोजी, मुटुको एक्स...

दुहबी नगरपालिकाको १८औँ नगरसभा सम्पन्न

दुहबी नगरपालिकाको १८औँ नगरसभा सम्पन्न
सुनसरीको दुहबी नगरपालिकाको १८औँ नगरसभा सम्पन्न भएको छ। नगरप्रमुख वेदनारायण गच्छादारको अध्यक्षतामा आयोजित नगरसभामा उपप्रमुख मेनुका खतीवडा, वडा नम्बर १ देखि १२ सम्मका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेसहित जनप्रतिनिधि, विभिन्न शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो। नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख वेदनारायण गच्छादारले ‘जेन जी आन्दोलन’का क्रममा दुहबी ...

विराटनगरको होटलमा छापा, नाबालिकालाई अनैतिक धन्दामा लगाएको आरोपमा दुई पक्राउ

विराटनगरको होटलमा छापा, नाबालिकालाई अनैतिक धन्दामा लगाएको आरोपमा दुई पक्राउ
विराटनगर । विराटनगरको एक होटलमा प्रहरीले छापा मारेर दुई जनालाई नियन्त्रणमा लिएको छ। १६ वर्षीया नाबालिका किशोरीलाई अनैतिक धन्दामा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित दुई जनालाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार नियन्त्रणमा पर्नेहरूमा विराटनगर महानगरपालिका–१२ निवासी ३३ वर्षीय होटल सञ्चालक पर्शुराम कामत र विराटनगर–८ निवासी २६ वर्षीय मनिष ठाकुर रहेका छन्। प्रहरीका अनुस...

मोरङको केराबारीबाट फरार प्रतिवादी पक्राउ

मोरङको केराबारीबाट फरार प्रतिवादी पक्राउ
मोरङको केराबारीबाट प्रहरीले बुधबार १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।केराबारी गाउँपालिका–७ घर भएका ३५ वर्षीय सुजन रानामगर पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले दिउँसो २ः३० बजेतिर रानामगरलाई आफ्नै घरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी लागुऔषध मुद्दाका फरार प्रतिवादी हुन् । जिल्ला अदालत मोरङले लागुऔषध मुद्दामा २०७५ साल असोज १७ गते रा...

काेशीमा काे-काे बन्दैछन् मन्त्री ?

काेशीमा काे-काे बन्दैछन् मन्त्री ?
विराटनगर । कोशी प्रदेशकाे सरकार पुनर्गठनकाे तयारी भएकाे छ । सत्ता साझेदार दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेसबीच मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएको हाे । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार यहीँसाता नयाँ मन्त्रीको शपथ हुनेछ । नेपाली कांग्रेसका सांसद भीम पराजुलीले पनि सरकार पुनर्गठन अन्तिम चरणमा पुगेको बताए ।नेकपा एमालेबाट मन्त्री बन्ने आकांक्षीहरूको सूचीमा ६ जनाको नाम छ, जसमध्ये चार जना मन...

अख्तियार प्रमुखलाई धम्की दिने प्रकाश पाठक फिलिपिन्समा पक्राउ

अख्तियार प्रमुखलाई धम्की दिने प्रकाश पाठक फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित उच्च पदस्थ व्यक्तिहरूलाई धम्की दिएको आरोपमा नेपाली नागरिक प्रकाश पाठक फिलिपिन्समा पक्राउ परेका छन् । फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनका अनुसार ३३ वर्षीय पाठकलाई डिसेम्बर ३१ मा मालोलोस सहरअन्तर्गत बाराङ्गे क्याटमोनस्थित पासेओ डे कंग्रेसो क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । काभ्रेको तेमाल गाउँपालिका–१ घर भएका पाठकले अख्त...

गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता
गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता सुनसरीको लौकहीमा सफारी चालकमाथि गोली चलाउने एपीएफका हवल्दारलाई पक्राउ गरिएको छ ।बुधबार राति करिब १ बजे सशस्त्र प्रहरीले चलाएको गोली लागेर भारतबाट सिटी सफारीमा सामान लिएर आउँदै गरेका स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएपछि आज बिहानैदेखि सो ठाउँ तनावग्रस्त बनेको थियो । बिओपी लौकहीमा सशस्त्र प्रहरी निरीक्षक मनिष कटुवाल प्रमुखको रूपमा कार्यरत...