कलंकी गोलीकाण्ड: दुई वटा राइफलसहित एक पक्राउ
काठमाडौं-१४ कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको घटनामा शंकास्पक एक व्यक्तिलाई प्रहरीले दुई वटा हतियारसहित पक्राउ गरेको छ।
उच्च स्रोतका अनुसार छिमेकी शोभाकर ढकाललाई सिकार खेल्न प्रयोग हुने दुई वटा राइफलसहित मंगलबार मध्याह्न पक्राउ गरिएको हो।
ढकालको घरमा तलासी लिँदा प्रहरीले २२ र १२ बोर राइफल बरामद गरिएको स्रोतले जनायो। प्रहरी स्रोतका अनुसार दुवै राइफल इजाजतप्राप्...






