स्थानीय चुनाव लक्षित गर्दै रास्वपाको १३ बुँदे छनोट मापदण्ड घोषणा
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै १३ बुँदे उम्मेदवार छनोट रूपरेखा सार्वजनिक गरेको छ । पार्टीले वैज्ञानिक, वस्तुपरक र पारदर्शी प्रणालीमार्फत योग्य नेतृत्व चयन गर्ने उद्देश्यसहित कार्यविधि अघि सारेको जनाएको छ ।
रास्वपाका अनुसार उम्मेदवार छनोट प्रक्रिया अब भावना, पहुँच वा व्यक्तिगत प्रभावभन्दा माथि उठेर मापनयोग्य मापदण्ड, प्रमाण र तथ्यमा आध...











