कानेपोखरीबाट ब्रा’उन सुगरसहित दुई जना पक्रा’उ
मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाबाट प्रहरीले लागू'औषध ब्रा'उन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
मंगलबार राति करिब ११ बजे अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरी टोलीले रमाइलोबाट कानेपोखरीतर्फ आउँदै गरेको प्र.१–०२–०४८ प १८८४ नम्बरको स्कुटरलाई शंका लागेर चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा स्कुटर चालक कानेपोखरी गाउँपालिका–५ चिसाङ बस्ने ३३ वर्षीय बिरबहादुर घिसिङको साथबाट १२ ग्रा...











